बैतडीमा ‘मैनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता’ सुरू

बैतडी : बैतडीमा ‘मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता’सुरू भएको छ । बिहिबार देखि सुरु भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा सुर्नया गाउँपालिकाले दोगडाकेदार गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरूआत गरेको छ ।

सुर्नयाले पहिलो सेट २५–१८, दोस्रो २५–२२, र तेस्रो २५–२३ को अन्तरमा जित हासिल गरेको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिए । प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।

Seti Hospital

विजेता टिमलाई नगद १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, तृतीय स्थान हासिल गर्ने टिमलाई ३५ हजार, सान्त्वना पुरस्कारस्वरूप १५ हजार, र उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने ट्रस्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार