सबै नेपालीलाई नागरिक बीमामा जोड्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा जोड्नुपर्ने बताएका छन् ।

विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघले बिहीबार आयोजना गरेको ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताएका हुन् ।

Seti Hospital

हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेका उल्लेख गर्दै मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरे । ‘संवैधानिक व्यव्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बीमा महत्त्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ,’ उनले भने ।

मानव स्वास्थ्यलाई ध्यान दिँदै प्रोटिनलाई उपचारात्मक प्रणाली र चिकित्सकको सिफारिस प्रणालीमा कसरी जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्ने मन्त्री पौडेलले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार