विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाइँदै !

बाजुरा : बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् । विद्यालयमा बालबालिकाहरुलाई खुवाइँदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज हुनेगरी पछिल्लो समय विद्यालयले यहाँका अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका हुन् ।

पहिला तरकारी खेती कसरी गर्ने भन्ने विषयमा हामीलाई केही थाहा हुँदैनथ्यो । अहिले विद्यालयमा पढाइसँगै तरकारी खेतीका बारे सिकाउँदै बुढीनन्दा नगरपालिका –९ ढप्कस्थित सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका कक्षा ५ का छात्रा छाया गुरुङले बताए ।

Seti Hospital

उनले भने, “विद्यालय वरिपरि धेरै जमिन छ । दुइ वर्षदेखि हामीले त्यो सबै जमिनमा तरकारी लगाउँदै आएका छौं ।” हामी सबै विद्यालयमा बस्छौं । विद्यालयमै खान सुत्नको राम्रो व्यवस्था छ । त्यसैले दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी अहिले हामीले विद्यालयमै तरकारी उत्पादन गर्न थालेको छौं, गुरुङले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार