सकियो महाकुम्भ, ६६ करोड बढीले गरे स्नान

काठमाडौं : भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरुले बताएका छन् । महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ ।

यद्यपि मेलास्थल खाली हुन भने एक हप्ताभन्दा बढी लाग्ने अनुमान छ । महाकुम्भ मेला गत पुस २९ (१३ जनवरी)देखि सुरु भएको थियो । ४५ दिनको अवधिमा ६६ करोड २१ लाखभन्दा बढीले गंगामा स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक्समार्फत् जानकारी दिएका छन् ।

Seti Hospital

विश्व इतिहासमा यो अदभूत भएको उनले उल्लेख गरेका छन् ।महाशिवरात्रिको अन्तिम दिन शिवरात्रिको दिन मात्रै करिब डेढ करोडले गंगामा स्नान गरेका थिए । शिवरात्रिको दिन भारतीय वायुसेनाले श्रद्धालुहरुमाथि पुष्पवृष्टि गर्दै एयर शो प्रदर्शन गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार