वडा अध्यक्ष भाटले तिरे वडावासीकाे बिद्युत महशुल, रसिद घरमै पुगेपछि नागरिक खुसी

बैतडी : बैतडीको पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडावासी सबैको विद्युत महशुल २ बर्षबाट तिरिरहेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका ३ सय ग्राहकको विद्युत महशुल गरेर जानकारीका लागि रसिद घर-घरमै पुग्ने गरि टोल-टोलमा वितरण गरिरहेको बताए।

१५ दिने स्वर्गीय आमाको काजक्रिया सकेर उनी रसिद बुझाउन टोल-टोलमा पुगेका हुन । उनी निवार्चित भएपछि २०७९ साल साउनदेखी २०८१ पुष समसान्तसम्मको बिल तिरेको रसिद १५ टोलमा आफै लगेर पुर्दैछन् । २ बर्ष ६ महिनाको बिल तिरेको जानकारी र जनतासंग भेटघाट गर्न आफु टोल-टोलमा पुगेको अध्यक्ष भाटले बताए ।

Seti Hospital

उनले आफुले घोषणा गरेबमोजीम आफ्नो कार्यकाल भरी सबैको बिद्युत बिल तिर्ने बिहीबार काक्सायाली टोलमा रसिद बुझाएपछि बोल्दै टोलमा थप प्रष्ट परेका छन् ।

उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् ।

वडा अध्यक्षले पारिश्रमिक नलिने र सो रकम वडावासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय गरे अनुसार वितरण गरेकोमा नागरिक खुसी रहेको स्थानीय हरिष भाटले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार