कुलमानले जवाफ बुझाए २४ घण्टे स्पष्टीकरणको

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्।

मन्त्री खड्काले मंगलबार पदबाट किन नहटाउने ? भन्दै सोधेको स्पष्टीकरणको जवाफ घिसिङले बिहीबार बुझाएका हुन्। उनले आफूलाई पदबाट हटाउने अधिकार र मन्त्री र मन्त्रालयलाई नभएको जवाफ दिएका छन्।

‘म नेपाल सर‌कार मन्त्रिपरिषदको मिति २०७८।०४।२५ को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ। निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्‍यासम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्‍चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची -१ को क्र.सं. ३३)र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको ब्यहोरा पुनः निवेदन गर्दछु।’ कुलमानले बुझाएको स्पष्टीकरणमा उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार