नेशनल प्याब्सनको आजदेखि महाधिवेशन सुरु

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ।

नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीका अनुसार आजदेखि मधेश प्रदेशको आर्थिक केन्द्र वीरगञ्जको टाउनहल, आदर्शनगरमा सुरु भएको महाधिवेशन भोलिसम्म हुने छ।

महाधिवेशनमा देशभरका ३६ जिल्लाबाट करिब एक हजार पाँच सय निजी विद्यालयका संस्थापक, लगानीकर्ता तथा प्रिन्सिपलहरूको सहभागिता रहनेछ। महाधिवेशनमा नेशनल प्याब्सनले हाल प्रस्तावित शिक्षा विधेयक लगायतबारे छलफल गरि सरकारलाई आफ्ना सुझाव दिने जनाएको छ। नेशनल प्याब्सनले हिजो(बुधबार) पत्रकार सम्मलेन गरि उक्त महाधिवेशनबारे जानकारी दिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार