डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा दोस्रो संस्करणको परशुराम साहित्य महोत्सव हुने भएको छ ।
संस्कार,संकल्प अनि संस्कृतिको उत्सवका रुपमा रहने महोत्सवमा खेल संसार,अर्थतन्त्र,पर्यटन,कूटनीति क्षेत्रका हस्तीहरु रहने आयोजक परशुराम नगरपालिकाले जनाएको छ ।
महोत्सव परशुराम धाममा यहि फागुन २२ र २३ गते आयोजना हुने परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले बताए ।
महोत्सवका वक्ताका रुपमा पत्रकार टिकाराम यात्री र वक्ताको रुपमा दक्षिण एसियाली खेलकुदमा ४ पटक स्वर्णपदक विजेता ते–क्वान्दो खेलाडी दीपक विष्ट, भलिवल खेलका पूर्व राष्ट्रिय खेलाडी तथा राष्ट्रिय प्रशिक्षक जगदिश भट्ट र नेपालका किर्तिमान क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी रहने आयोजक परशुराम नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्