बैतडी : महाशिवरात्री २०८१ को अवसरमा बैतडीको पाटन नगरपालिका- १ मा पर्ने सरस्वती मावि बयलचाैरमा खुल्ला पुरुष भलिबल प्रतियोगिा सुरु भएको छ । नयाँ बिद्यालय सरस्वती माविको खेलमैदानमा उद्घाटन भएको खेलमा यस क्षेत्रका आठ टिम सहभागी रहेको विद्यालयका प्रधानाध्यापक करविर भट्टराईले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चन्दको अध्यक्षतामा सुरुवात भएको प्रतियोगितामा वडा अध्यक्ष तर्कसिह ठगुन्ना प्रमुख अतिथि रहेको थिए ।
आयोजक सरस्वती माबि र चेतना माबि देवल बिचको खेल सुरुवता गर्दै प्रतियोगिता उद्घाटन गरिएको थियो । यस बिद्यालयमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दले बताए । प्रतियोगितामा प्रथम पुरुस्कार १५ हजार र दित्तिय पुरुस्कार १० हजार र प्रमाणपत्र राखिएको छ ।
प्रतिक्रिया दनुहोस्