१० देशका बिश्वबिद्धालयबाट बिज्ञ बोलाएर अनुसन्धान सम्मेलन गर्दै केएमसी

धनगढी : धनगढी स्थित कैलाली बहुमुखी क्याम्पमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञानमा उदीयमान अनुसन्धान प्रवृत्तिहरू सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन” आयोजना हुने भएको छ ।

शिक्षा, नवप्रवर्तन र व्यवसाय मार्फत समाजलाई सशक्त बनाउने उद्देश सहित फागुन १५ र १६ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको सम्मेलनका सयोजक मोहन शिहं साउदले बताए । सम्मेलनमा विभिन्न १२ वटा विषयमा छलफल हुने साउदले जानकारी दिए ।

Seti Hospital

सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्य-पश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, गंगा एस स्कूल, अमर ज्योति विद्यालय, थकाली आर सेन्टर लगायतका नेपाली बिश्वबिद्धालय एवं शैक्षिक सस्थाको प्रस्तुति रहने साउदले जानकारी दिए । सम्मेलनमा २६ वटा बिदेशि बिश्वबिद्धालयका प्रबुद्ध ब्याक्तीहरुको सहभागीता रहने छ ।

अलीगढ मुस्लिम विश्वविद्यालय, एमिटी विश्वविद्यालय, अन्नासाहेब डांगे कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारत लगायत बिश्वबिद्धालयका बौद्धिक ब्यक्ति सहभागी हुने छन् ।

नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मोरक्को, तान्जानिया, अष्ट्रेलिया, थाइल्याण्ड र जापानबाट सम्मेलनमा सहभागी हुन विभिन्न बौद्धिक ब्यक्तिहरु धनगढी पुगेको सयोजक साउदले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार