बैतडीमा महाशिवरात्रिको अवसरमा कृषि प्रदर्शनी मेला लाग्ने

बैतडी : बैतडीमा महाशिवरात्रिमा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ। महाशिवरात्रिको अवसर पारेर बैतडीको डिलासैनी गाउँपालिकाको हरिनगरमा र पाटन नगरपालिका–६, स्वर्गिनी पीपलधाममा सोही दिन एकदिने कृषि प्रदर्शनी मेला लाग्ने आयोजक पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोष जोशीले जानकारी दिए।

जिल्लाको डिलासैनी गाउँपालिकाको हरिनगरमा यही फागुन १४ गतेदेखि तीन दिनसम्म कृषि प्रदर्शनी मेला लाग्ने भएको हो। मेलामा गाउँपालिकाभित्रका किसानद्वारा उत्पादित कृषि उपज ल्याएर बिक्री गर्न सकिने जनाइएको छ। त्यसैगरी, पाटन नगरपालिका–६, स्वर्गिनी पीपलधाममा सोही दिन एकदिने कृषि प्रदर्शनी मेला लाग्ने जनाइएको छ।

Seti Hospital

किसानले ल्याउने उपजलाई बजारीकरणका लागि स्टल निःशुल्क रहेको र राम्रो कृषि उपज उत्पादन गरेका किसानलाई पुरस्कारको व्यवस्था गरिएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए।

मेलामा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्नाका साथै नवप्रवर्तन र सीप आदान–प्रदानलाई प्रोत्साहित गरिने आयोजकले जनाएको छ। मेलामा खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, मसला बाली, तेलहन बाली, लहरे बाली, च्याउलगायत कृषिजन्य सामग्रीहरूको प्रदर्शन गरिनेछ।

प्रदर्शनीमा सहभागी कृषिजन्य वस्तुहरुको प्रत्येक बाली समूहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय पुरस्कार प्रदान गरिने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार