शिक्षामन्त्री भट्टराई अस्पतालमा भर्ना

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना भएकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी हुन् ।

स्रोतका अनुसार उनलाई ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने समस्या भएपछि गत शुक्रवार उनी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । चिकित्सकले उनलाई भर्ना हुनुपर्ने बताएका थिए । त्यसपछि क्याबिनमा राखेर उनको उपचार थालिएको थियो ।

khadya

‘सुरुको समस्या ईएनटीको थियो, त्यो सुधार हुँदै गएको छ । तर क्षयरोग पनि हुनसक्ने शंकामा थप परीक्षणको काम पनि भइरहेको छ ।’

अहिले उनको नाक, कान, घाँटीको समस्या सुधार हुँदै गएको एक चिकित्सकले बताएका छन् ।आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार