श्रीमानले गरे आफ्नै श्रीमतीको ह*त्या

रोल्पा : रोल्पाको दक्षिणी त्रिवेणी गाउँपालिका–६ थुम्कामा श्रीमानले आफ्नै श्रीमतीको ह*त्या गरेका छन्। खुकुरीले घाँटीमा प्रहार गरि मंगलबार बिहान घरमै हत्या गरेको प्रहरीले जनाएको छ।  

गाउँपालिकाको केन्द्र जुगार पश्चिमी थुम्का गाउँकी ३२ वर्षीय अस्मिता बुढामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि सख्त घाइते बनाएको भनी प्रहरी चौकी जुगारमा खबर पुगेपछि प्रहरी घटनास्थल पुगेको थियो। हत्या आरोपमा खिमबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। के कति कारणले हत्या भएको भन्ने अझै खुलेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार