लागूऔषधसहित कैलाली र कञ्चनपुरबाट ५ जना पक्राउ

धनगढी : कैलाली र कञ्चनपुरबाट लागू औषध सहित ५ जना पक्राउ परेका छन् । सोमबार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वासबाट ३ जना पक्राउ परेका हुन । धनगढी उपमहानगरपालिका – ७ जोखरतालका एक किशोरको साथबाट १ ग्राम १६० मिलिग्राम लागू औषध बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका –३ चौराहाबाट धनगढी उपमहानगरपालिका – १३ का २४ वर्षीय रुस्तम रानाले चलाएको सुपप्र ०१०१२ प २०६२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम १०० मिलिग्राम लागू औषध बरामद गरिएको छ । यस्तै भीमदत्त नगरपालिका – ११ को ७ बाट भीमदत्त नगरपालिका – ७ का २२ वर्षीय उमेश खड्का र भीमदत्त नगरपालिका – १ का २८ वर्षीय मनोज कुँवर पक्राउ परेका छन् ।

Seti Hospital

भरतबाट नेपाल आउने क्रममा चेकजाँच गर्दा उमेश खड्काको साथबाट  ०.४६ ग्राम लागु औषध जस्तो बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै  पुनर्वास नगरपालिका – १ गणेश बस्तीमा स्थानीय २२ वर्षीय सुरेश रानाको घरमा खानतलासी गर्दा ९ ग्राम ६३० मिलिग्राम लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार