सन्तोषीलाई आत्महत्या दुरूत्साहन गरेको आरोपमा इन्स्पेक्टर जोशी पक्राउ

काठमाडौं : सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा प्रहरीले सशस्त्रकै अर्का इन्स्पेक्टरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार राति सशस्त्र प्रहरी बलका इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरेको डिएसपी बसन्त शर्माले जानकारी दिए।जोशी तनहुँस्थित ३ नम्बर गणमा कार्यरत थिए।

सन्तोषीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको भन्दै परिवारले किटानी जाहेरी दिएका थिए। त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

शनिबार राति पोखराको तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा सन्तोषी झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

उनको मृत्यु भएपछि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यी समिति पनि गठन भएको छ।

सन्तोषीले २०७२ सालमा सिपाहीबाट सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन्। त्यसपछि २०७८ सालमा असईमा नाम निकालेकी थिइन्। त्यस्तै २०८१ मा १७औं ब्याचमा इन्स्पेक्टरमा नाम निकालेकी थिइन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार