धनगढी : कैलालीमा यात्रुबाहक गाडी (भ्यान) को ठक्करबाट एक बालकको मृत्यु भएको छ। सोमबार लम्कीचुहा नगरपालिका–१ मा सुदूरपश्चिम प्रदेश ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट स्थानीय ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ पैदल हिडिरहेका बेला भ्यानले ठक्कर दिदा घाइते भएका बालकको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भ्यान र चालक अछामको मंगलसेन नगरपालिका–४ बस्ने २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दनुहोस्