बैतडीका स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

बैतडी : दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गर्दै उक्त एम्बुलेन्स प्रदान गरेको हो।

सोमबार नगर प्रमुख पुष्करराज जोशीले वडा नं ९ का अध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का अध्यक्ष जयदत्त पन्तलाई संयुक्त रूपमा एम्बुलेन्स हस्तान्तरण गरे। यसअघि देहीमाण्डौं स्वास्थ्यचौकीमा रहेको एम्बुलेन्स मर्मतपछि जोशीबुङ्गा स्वास्थ्यचौकीमा हस्तान्तरण गरिएको हो।

Seti Hospital

यो सेवाले वडा नं ९ र ११ का आकस्मिक बिरामी, गर्भवती तथा सुत्केरी आमाहरूलाई सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार