यस्तो छ आजको मौसम

काठमाडौं : देशका अधिकांश भूभागमा बदली भए पनि अहिले सामान्यतया मौसम सफा छ। मंगलबार कतै पनि वर्षाको सम्भावना भने छैन।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर हुँदा आज घाम बदली हुने मौसमविद् डेभिड ढकालले जानकारी दिए।

Seti Hospital

बिहान काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ। भोलिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पुनः बढ्ने भएको छ, जसले कोशी, गण्डकी र कर्णाली प्रदेशका भूभागहरूमा वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार