दुर्गेशको निशानामा प्रियंका

काठमाडौं : गायक दुर्गेश थापा अहिले ‘दुश्मन हेरेको हेरै’ गीतको सफलताको स्वाद चाखिरहेका छन् । दुर्गेशको यो गीत अहिले अत्यधिक लोकप्रिय छ । यूट्युबमा करोडौं भ्यूज पाएको यही गीतको लोकप्रियताका कारण महोत्सवमा समय दिन नभ्याएपछि गायक थापा कतिपय स्थानमा हेलिकप्टरबाट यात्रा गर्नु परेका समाचारहरु पनि चर्चामा आएका थिए ।

देशका कुना–कन्दरादेखि गाउँ–शहरमा आयोजना भैरहेका महोत्सवमा दुर्गेशको ‘दुश्मन हेरेको हेरै’ गीतले महोल तताउने काम गरिरहेको छ । दुर्गेश मात्र नभइ गायिकाद्वय एलिना चौहान तथा समिक्षा अधिकारीले पनि अहिले महोत्सवमा यही गीतले दर्शकलाई मनोरञ्जन गराइरहेका छन् ।

Seti Hospital

यहि क्रममा दुर्गेशले सामाजिक सञ्जालमा सोमवार एउटा स्टाटस लेखेका छन् । जसमा उनले कुनै व्यक्तिको नाम उल्लेख त गरेका छैनन्, तर उनको भनाइ जोप्रति लक्षित छ, ती व्यक्तिलाई उनले कडा व्यंग्य गरेका छन् । उनी लेख्छन्– ‘च्याप्प दाम बुझ्ने, गीत हिट भयो म खेलेर हो भन्ने, मुर्खता देखाउँछन्, घमण्ड नगरे पनि हुन्छ । जबसम्म अडिया नै दर्शकले मन पराएन् भने जो मै हूँ भन्ने कलाकार खेले नि गीत चल्दैन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार