बाघको आक्रमणबाट बैतडीमा एक जना घाइते

बैतडी : बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका–३ का ३८ वर्षीय गणेश सिंह भाट बाघको आक्रमणबाट घाइते भएका छन्।

सोमबार बिहान करिब १०ः३० बजे बाख्रा चराउन गएका बेला कोला खोला जंगल क्षेत्रमा उनीमाथि बाघले आक्रमण गरेको हो। मेलौली नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिंह भाटका अनुसार बाघले पछाडिबाट आक्रमण गर्दा गणेश सिंह भाट घाइते भएका थिए।

Galaxy

आक्रमणको क्रममा भाटले आफूसँग रहेको हसियाँ प्रयोग गरी बाघलाई हानेर भाग्न सफल भएका थिए। घाइते भाटलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि पाटन पठाइएको अध्यक्ष भाटले जानकारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार