कैलालीमा झन्डै ३१ लाखका चोरीका सवारीसाधन बरामद

धनगढी : कैलाली प्रहरीले झन्डै ३१ लाख मूल्य पर्ने चोरीका सवारीसाधन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकासहितका स्थानबाट अवैध रुपमा चलाइएका चोरीका सवारीसाधन बरामद गरेको जनाएको छ । 

बरामद गरिएका मध्ये एउटा स्कारपियो र ९ वटा मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए । उनकाअनुसार करिब २० लाख मूल्य पर्ने बा. प्र. ०१-०३१ च २७२६ नम्बर प्लेट टासेको अवस्थामा धनगढी उप-महानगरपालिका-७ बाट स्कारपियो बरामद गरिएको थियो । 

Seti Hospital

तर, यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा बुझ्दा उक्त नम्बरको गाडीको इन्जिन नम्बर र च्यासिस नम्बर मेल नखाएकाले स्कारपियोलाई भन्सार ऐन नियम बमोजिम आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको एसपी विष्टले बताए ।

यस्तै, धनगढी उपमहानगरपालिका–९ बाट अन्दाजी १० लाख ८० हजार बराबरका मोटरसाइकल पनि बरामद गरिएको छ । बरामद गरिएका मोटरसाइकलमा युपी १४ एफडब्लु ३५८१ भारतीय नम्बरको र अन्य नेपाली नम्बर प्लेटका मोटरसाइकल रहेका छन् । प्रहरीकाअनुसार बा ९० प २३४०, बा ९७ प ५०४६, से।६ प ९३२७, सु।प।प्र।०१–०११ प १६८७, से।१ प ७४११, से।२ प ३७३३, बा।प्र। ०२–०२० प ७९४ र सु।प।प्र। ०१–०१० प ८५६६ नम्बर टासेका मोटरसाइकल बरामद गरिएको हो ।

ती मोटरसाइकलबारे यातायात व्यवस्था कार्यालयमा बुझ्दा इन्जिन नम्बर र च्यासिस नम्बरहरु मेल नखाएपछि आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार