बैतडी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ। बैतडी जिल्ला क्रिकेट संघले आज एक सूचना जारी गर्दै बसन्त खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
कप्तानमा बसन्तसंगै टोलीका अन्य सदस्यहरूमा गजेन्द्र बोहरा,खडक बोहरा,दिपक बोहरा,प्रदीप चन्द,लोकेश चन्द, सुमित बुडाल,सचिन भट्ट,भुपेन्द्र चन्द,लोकेन्द्र चन्द,हिक्मत महरा,सुदीप कार्की,उमेश जोशी र सुनिल चन्द रहेका छन्।
यस्तै रिसिकेश बोहरा,आयुस चन्द र कमल बुडाल वैकल्पिक खेलाडीका रूपमा छनौट भएका बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो। गत पुसमा सम्पन्न जिल्लास्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा आइतबारदेखि दशरथचन्द क्रिकेट मैदानमा प्रतियोगिता सुरू भएको छ। ८ टोलीको सहभागिता रहेको प्रतियोगिताका खेलहरू प्लेट र एलाइट गरेर दुई चरणमा भइरहेको छ।
प्लेट च्याम्पियनसिपका खेलहरू आजदेखि सुरू भएका र फागुन १४ गतेदेखि एलाइट कपका खेलहरू सञ्चालन हुनेछन्।

प्रतिक्रिया दनुहोस्