बैतडीको सिगास गाउँपालिका गर्जेमा देउडा प्रतियोगिता हुने

बैतडी : बैतडीको सिगास गाउँपालिका सदरमुकाम गर्जेमा कार्यक्रम हुने भएको छ । यहि फागुन १४ र १५ गते भव्य देउडा कार्यक्रम हुने सिगास सांस्कृतिक संरक्षण समितिका अध्यक्ष राम सिंह धामीले बताए।

उक्त देउडा प्रतियोगीता दुई दिन सम्म चल्ने अध्यक्ष धामीले जानकारी दिए । स्थानीय देउडा संस्कृतीको सम्मान स्वरुप देउडा प्रतियोगिता कार्यक्रम हुन लागेको समितिका सचिव गगन सिंह धामीले बताए । चर्चित देउडा कलाकारको उपस्थितीमा स्थानीय देउडा कलाकारको बेजोड देउडा प्रस्तुती रहने उहाँले बताए ।

Seti Hospital

कार्यक्रममा थलारा गाउँपालिका बझाङ्गका चर्चित देउडा गायक विकास धामी, बीरेन्द्रनगर, सुर्खेतका चर्चित गायिका धौली बयक क्षेत्री, सिगास गाउँपालिकाका चर्चित देउडा गायक रघुबीर सिंह धामी, मनिसा धामी, राम सिंह धामी, लीला धामी, शेर सिंह साउद, पार्वती देवी धामी, शर्मा साउद र अमर सिंह धामीको समेत बेजोड देउडा प्रस्तुती रहने सिगास सांस्कृतिक संरक्षण समितिले जनाएको छ ।

सिगास सांस्कृतिक संरक्षण समितिको आयोजनामा २ दिन देउडा प्रतियोगिता कार्यक्रममै सुदूरपश्चिमको लोप हुन लागेको संस्कृती हुड्क्यौली नाच, छलिया नाच लगायतका अन्य प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रम अवधिभर मदिरा बेचबिखन र सेवन नगर्न नगराउँन पनि सिगास सांस्कृतिक संरक्षण समितिले अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार