‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शिर्षकका लेखक पत्रकार उपाध्यायलाई धम्की, धम्क्याउनेलाई कारवाहीको माग

धनगढी : धनगढीबाट प्रकाशिन हुुने पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई धम्की आएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पत्रकारलाई मेयरका समर्थकले धम्क्याएको भन्दै विरोध गरिएको छ ।

‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा लेख प्रकाशित गरेका उपाध्ययलाई धम्की आएको हो । पत्रकार उपाध्यायले लेख प्रकाशित भएपछि धनगढीका मेयरका समर्थकहरुले धम्क्याएको बताएका छन ।

khadya

उपाध्यायले आइतबार नै कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुुर हमाल र प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टलाई समेत भेटेर सुरक्षाको माग गर्दै धम्क्याउनेलाई कारवाहीको माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट धम्की दिने तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको प्रहरीले जनाएको छ ।

यसैबिच नेपाल पत्रकार महासंघ कैलाली शाखा र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले उपाध्यायलाई धम्क्याएको घटनाप्रती ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार