कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–६ ऐठपुर, भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, बेलौरी नगरपालिका–५ मैनाह र बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १२ लाख ११ हजार ९० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको पेय पदार्थ, तरकारी, खाने तेल, सुर्ती, चक्लेट, बिभिन्न किसिमका कपडा, काँसका भाडाँ, बिजुलीका स्विच, बोईलर कुखुरा, कस्मेटिक, हार्डवेयर, किराना, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले आइतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार