बझाङकी तुलसीदेवी पाइन् ९६ वर्षमा पहिलो पटक नागरिकता

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशीलाई पहिलो पटक नागरिकता प्रदान गरिएको छ।

जीवनभर कृषिमा सक्रिय र गाउँमा अग्रज किसानको रूपमा परिचित जोशीलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले शनिबार उनलाई नागरिकता प्रदान गरिन्। जोशीको जन्म विसं १९८६ साउन ११ गते थलारा गाउँपालिका–७ मा भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार