नागरिक-सैनिक सम्बन्ध बिस्तार गर्न बैतडीमा भलिबल प्रतियोगिता

बैतडी : नागरिक-सैनिक सम्बन्ध बिस्तार तथा सुदृढ बनाउन बैतडीमा नेपाली सेनाले भलिबल प्रतियोगिताको आयोजना गरेको छ। २६२ औं सेना दिवसको पुर्वसन्ध्यामा यहाँ रहेको श्रीबक्स गुल्मले मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरेको हो। श्रीबक्स गुल्म र रोयल हिल युथ क्लबबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

दशरथचन्द नगरपालिका ४ शाहिलेकमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता रोयल हिल युथ क्लबले जितेको छ। रोयल हिल युथ क्लबले श्रीबक्स गुल्मको टिमलाई ३-१को सेटमा पराजित गर्यो।

महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा स्थानीय क्लबसंग मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति,सेनानी सफल थापाले बताए।

सेनानी थापाले भन्नुभयो,”नागरिक-सैनिक सम्बन्ध बिस्तार तथा सुदृढ बनाउन प्रतियोगिताको आयोजना गरेका हौं। यसले सेना र नागरिकबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास छ।” नेपाली सेनाले सैनिक र नागरिकको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले पछिल्लो समय सामाजिक कार्य पनि गर्दै आएको छ ।

सेनाले विद्यालय,मन्दिर भवन जिणोद्वार, पर्यटकीयस्थल सरसफाई र मर्मतसम्भार, शैक्षिक क्षेत्रको विकासका लागि पुस्तकालय भवन निर्माण, निःशुल्क स्वास्थ्य शिविर, विपद्मा उद्धार,वृक्षारोपण, विद्यार्थीलाई राष्टिय सेवा दलको तालिम पनि दिदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार