डोटीमा चार घरमा आगलागी हुँदा एक लाख बढीको क्षति

डोटी : डोटीमा चार जनाको घरमा आगलागी हुँदा एक लाख बढीको क्षति भएको छ।

 आइतवार जिल्लाको डोटी सायल गाउँपालिका–३ वेटाराका पदि बिष्टको चौपाया बाँध्ने एकतले खरले छाएको छानामा खाना पकाउने क्रममा अचानक आगोको झिल्का परि आगलागी हुँदा त्यहिँ ठाउँ बस्ने प्रताप बिष्ट, चन्द्र बिष्ट र नर बिष्ट सहित चार जनाको १/१ तले छानामा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।

उक्त आगलागीमा परि पदि बिष्टका २ वटा गाइका बाच्छा जलेर घाइते भएका जनाइएको छ। आगलागीबाट १ लाख ४० हजारको क्षति भएको जनाएइको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार