३० महिनामा निर्माण गर्नु पर्ने सडक ५ वर्ष पुग्दा पनि भएन निर्माण सम्पन्न

धनगढी : कैलालीको टीकापुर देखि खक्रौला भारत जाने नाका सम्मको ११ किलोमिटर ३० महिनामा निर्माण सम्पन्न गर्नु पर्ने सडक ठेक्का लागेको ५ वर्ष पुग्न लाग्दा पनि सम्पन्न भएको छैन । २०७७ साल असार १४ गते सम्झौता भई ११ किलोमीटर सडक निर्माण गर्ने जिम्मा पाएको रायमाझी गल्वा जेभीको लापरबाहीले सडक निर्माण हाल सम्म करिब ४० प्रतिशत मात्र सकेको छ ।

निर्माण कम्पनीको ढिला सुस्तीले यात्रुले दु ख पाउनुका साथै सडककै कारण दुर्घटना समेत हुने गरेको छ । लम्कीचुहा नगरपालिकाको पुर्व पश्चिम राजमार्ग देखि दक्षिण जानकी गाउँपालिका हुँदै टीकापुर नगरपालिकाको खक्रौला नाका सम्मको २९ । ७ किलोमीटर सडक निर्माण गर्न ३ खण्डमा बिभाजन गरि ठेक्का लाग्यो ।

हुलाकी राजमार्ग निर्देशनालयसँग पहिलो खण्ड आठ किलोमिटर सडक निर्माणका लागि कालिका कुमार जेभी काठमाण्डौको २०७७ साल जेठ २८ गते ४० करोड, १९ लाख, ९१ हजार ६१६ मा ठेक्का सम्झौता भएको छ भने दोस्रो खण्ड १० किलोमिटर निर्माणका लागि एपेक्स खड्का कृष्ण जेभी बाँकेको २०७७ साल जेठ २६ गते रु ४० करोड, ९९ लाख, ९ हजार, ६८३ मा ठेक्का सम्झौता भएको थियो ।

बाँकी तेस्रो खण्डको लागि रायमाझी गल्वा जगदम्वा जेभी काठमाण्डौले २०७७ साल असार १४ गते रु ३३ करोड, २० लाख, ६६ हजार, ६ सय ३० मा ठेक्का सम्झौता गरी काम शुरु गरेका थिए । तिनै ठेक्काको सम्झौता समाप्त हुने मिति ३० महिनाको रहेको थियो जम्मा २९।७ किलोमिटर मध्ये बजार क्षेत्रमा पर्ने छ।

३ किलोमिटर चार लेन र बाँकी सडक दुई लेनको निर्माण निर्माण हुने भनिए पनि पहिलो खण्डको काम सम्पन्न भएको छ दोस्रो खण्डको १० प्रतिशत बाकी रहदा तेस्रो खण्डको अवस्था भने निकै नाजुक छ । दोस्रो खण्डको बाकी रहेको जेठ सम्म सम्पन्न गर्ने निर्माण कम्पनीकादावी छ ।

जनताले र यात्रुले सडककै कारण दुस्ख पाउँद समेत नियमकारी निकाय चुप छ्न निर्माण कम्पनीले लापरबाही गर्दा समेत विजय जनप्रतिनिधिले पहल नगरेको स्थानियको आरोप छ तर सडक बनाउने कुरामा आफुले दबाब दिई रहेको टीकापुरका नगर प्रमुख राम लाल डगौरा थारु बताए ।

हुलाकी राजमार्ग निर्देशनालयकि इन्जिनियर बिन्दु बुढा सडक निर्माण गर्ने कुरामा कार्यालयको कमजोरी नभई निर्माण कम्पनीको समस्याले काम अगाडि नबढेको बताइन् । मुल ठेक्का बाट पेटी ठेक्काले काम गर्दा समस्या आएको हुन सक्ने उनको भनाई छ ।

जाबो ११ किलोमीटर सडक ५ वर्ष सम्म बन्दैन भने बिकास अरु विका कसरी होला यो भने गम्भीर प्रश्न खडा भएको छ । बिगत ५ वर्षअघि कालोपत्रे गरिएको लम्की–टीकापुर सडक खण्ड कालोपत्रे गरिएको ६ महिनामै भत्किएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार