धनगढी : कञ्चनपुरको सुन्दरपुरबाट २०३८ सालमा देवानीराम दमाईँको परिवारसहितलाई हटाइयो। अरक्ष पीडित उनको परिवार भीमदत्त नगरपालिका–९ लालपुरमा बसोबास गर्दै आएको थियो। नौ वर्ष विदेशमा काम गरेका उनको खुट्टा भाँचियो। विदेशमा खुट्टा भाँचिएको समयमा कम्पनीले दिएको रकमबाट उनले १० धुर जग्गा खरिद गरे।
तीन कोठाको घर निर्माण गरे। नेपाल फर्किएका देवानीरामले छोरालाई मलेसिया पठाउने योजना बनाए। साहुबाट तीन लाख रुपैयाँ ऋण लिए। उनले छोरा मलेसिया पठाए। सहजको ऋण २ वर्षसम्म तिर्न सकेनन्। तेस्रो वर्षमा उनको तीन लाखबाट ऋण २२ लाख पुग्यो। उनले भने, ‘तीन लाख ऋण लिएको हो। छोरा विदेश पठाए। दुई वर्षसम्म ऋण तिर्न सकेन। तीन वर्षपछि २२ लाख पुग्यो। घरबाट निकाला गरियो। अर्काे परिवार बसाएको छ।’
छोरा विदेश गएको चार वर्षमा साहुले घर–खेत लियो। छोरा विदेश पठाउदा तीन लाख रुपैयाँ ऋण लिएका देवानीरामलाई २२ लाख रुपैयाँ तिर्न भनियो। २२ लाख रुपैयाँ तिर्न नसकेका दमाइको घर–खेत गएको हो। सात वर्षदेखि उनको परिवार घर विहीन भएको छ। उनी भारतमा काम गर्दै परिवार पाल्दै आएका छन्। नेपालमा उनको जग्गा पनि बाँकी छैन। उनले भने, ‘बेघर भएको सात वर्ष भयो। भारतमा अरुका भाडा धोएर खाँदैछौ। बेघर भएका छौ।
देवानीराम दमाईँ जग्गा साहुले अर्काे व्यक्तिलाई बिक्री गरेका छन्। उनको घरमा दोस्रो परिवारले बसोबास गर्दै आएको छ। तीन लाख ऋणको चार वर्षमा २० लाख पुगाएका साहुलाई कारबाही भएको छैन। उल्टै दमाइको घर–खेत स्वाहा भएको छ। नेपाल प्रहरी, जिल्ल अदालत कतैबाट पनि न्याय नपाएको गुनासो दमाईँ छ।
उनले भने, ‘आरक्ष पीडित पनि हौ। नदीको किनारामा थियौ। विदेश गए। विदेशमा पनि चोट लाग्यो। चोट लागेपछि साहुले पैसा दिनु भएको थियो। विदेशमा साहुले दिएको रकमबाट जग्गा किनेको हुँ। घर बनाएको हुँ। तीन लाख रुपैयाँ ऋण लिएको साहुले जग्गा–घर लगेको छ।’
कैलाली कञ्चनपुरमा आर्थिक अभाव रहेका परिवारहरूलाई मिटर ब्याजीहरूले घर–खेत विहीन बनाएका छन्। जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीका विरुद्धमा जाहेरी दिने कानुनी व्यवस्था रहेको छ। तर, सबै पीडितहरूले न्याय पाउन सकेका छैनन्।
प्रतिक्रिया दनुहोस्