काठमाडौं : फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको स्वीकृति पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई देशभर प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।
यसअघि पाटन उच्च अदालतले फिल्मको प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो ।
चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै पूर्वमन्त्री मोहम्मद अफताव आलमले दिएको रिटमा सुनुवाइ गर्दै मङ्गलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दनुहोस्