एनएसएलको तेस्रो संस्करणका लागि मिनी अक्सन सम्पन्न, धनगढी एफसीले किन्यो ५ खेलाडी

धनगढी : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि मिनी अक्सन सम्पन्न भएको छ । शनिबार क्याटेगोरी ए र क्याटोगोरी बी का गरी कूल ६० खेलाडीको लागि अक्सन भएको थियो । जसबाट अक्सनमा ३९ खेलाडी सोल्ड भए भने पाँच खेलाडी विसलिस्टबाट टिमले लिए । १६ खेलाडी भने अनसोल्ड रहे ।

क्याटेगोरी सी का लागि खेलाडीहरुको ड्राप्ट अर्को साता हुनेछ । नेपाल सुपर लिगको टोली धनगढी एफसीले पनि अक्सनबाट पाँच खेलाडी किनेको छ भने एक खेलाडीलाई विसलिस्ट लिएको छ । क्याटेगोरी एमा रहेका पासाङ लामा र विवेक पौडेल तथा क्याटेगोरी बीमा रहेका जर्ज प्रिन्स कार्की, प्रशान्त लक्षम र अशोक खवासलाई धनगढी एपसीले खरिद गरेको हो ।

khadya

जियारथ शेखलाई भने विसलिस्टबाट लिएको छ । धनगढी एफसीका मार्की प्लेअर कृतिश रत्न छुन्जु हुन् । उसले देवेन्द्र तामाङ, रनदिप पौडेल र रामचन्द्र वाजीलाई रिटेन गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार