धनगढीमा चैत ५ गतेदेखि १२ गतेसम्म दोस्रो संस्करणको भेट्रान क्रिकेट लिग हुने

धनगढी : कैलालीको धनगढीमा भेट्रान क्रिकेट लिग हुने भएको छ । धनगढी उपमहानगरपालिका–३ मा रहेको चन्द्रसुर्य खेल मैदानमा चैत ५ गतेदेखि १२ गतेसम्म दोस्रो संस्करणको अनुपमा कर्पोरेट लिग एसीएल भेट्रान क्रिकेट प्रतियोगिता हुने भएको हो ।

अनुपमा बेकरीको आयोजनामा हुने प्रतियोगितामा ३३ वर्षमाथिका खेलाडीले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगिताका संयोजक दिनेश पन्तले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेतालाई ७५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

khadya

यस्तै उपविजेतालाई ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने संयोजक पन्तले जानकारी दिए । प्रतियोगितामा टिम दर्ता शुल्क १५ हजार राखिएको छ । टिम दर्ता गर्ने अन्तिम मिति फागुन २० गते रहेको छ भने खेल तालिका २९ गते सार्वजनिक गरिने छ । टि–२० फर्मेटमा हुने प्रतियोगिताको खेलमा टेनिस बल प्रयोग गरिने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार