ओलीलाई भैँसी गोठालो भन्नेप्रति राधिकाको कटाक्ष : मलाई केपी सरसँग बिहे गरेकोमा गर्व लाग्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ विमोचन भएको छ । शनिबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा शाक्यको पुस्तक विमोचन भएको हो ।

विमोचन कार्यक्रममा बोल्दै शाक्यले केपी ओलीलाई मन नपराउनेहरूले अन्तर्वार्ता र सामाजिक सञ्जालमा भैँसी गोठालो भन्ने गरे पनि आफूलाई उनीसँग बिहे गरेर गर्व लागेको बताइन् ।

khadya

“हाम्रो केपी सरलाई पहिले-पहिले ठूलै नेता भन्ने साथीहरूले पनि उहाँलाई भैँसी गोठालो, गोठालोको छोरा आदि इत्यादि भनेर इन्टरभ्यु दिएको देखेकी थिएँ । त्यतिबेला पनि मैले एक लाइन भए पनि कोरेकी थिएँ, एउटा भैँसी गोठालोसँग बिहे गरेको मलाई ठूलो गर्व लाग्छ भनेर,” विमोचन कार्यक्रममा उनले भनिन्, “यो धेरै अगाडिको कुरो हो । हिजोआज पनि मैले यस्तै यस्तै कुराहरू कमेन्टको रूपमा देख्ने गरेको छु । यसमा मेरो भनाइ के छ भन्दा, नेपाल कृषिप्रधान देश हो । यो शहर पस्नुभन्दा अगाडि धेरैले आआफ्नो खेतमा सायद जोत्ने खन्ने अथवा पशुपालन छ भने गोठालो जाने घाँस काट्ने हामी सबैले थोरबहुत यी काम गरेर आएको हुनुपर्छ ।

केपी ओलीले आफ्नो घर आगन अथवा, खेतबारीमा गोठालो गरेको वा घाँस काटेको भए त्यसमा गर्व गर्नुपर्ने धारणा राखिन् । “कृषि भएन भने हामी के खाएर बाच्छौँ त ? सधै अरूले दिएको खाएर त हाम्रो जीवन सार्थक हुँदैन होला,” शाक्यको भनाइ छ ।

कतिपयले ओलीलाई होच्याउने र लान्छना लगाउने नाममा यस्तो शब्द प्रयोग गरेको भन्दै उनले त्यस्तो कुरामा अल्झिएर समाजलाई कुनै फाइदा नहुने बरु हानी गर्ने बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार