एक्सिस कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन, सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

कैलाली : धनगढी ५ तारानगर स्थित एक्सिस प्लस टु कलेजले आयोजना गरेको रक्तदान कार्यक्रमा ७३ पिन्ट रगत संकलन भएको छ । कलेजमा अध्यनतर बिधार्थीहरुको सहभागिता रहेको रक्तदान कार्यक्रममा उक्त परिणामको रगत संकलन भएको हो ।

कलेजले आयोजना गरेको रक्तदान कार्यक्रम सातौ पटक रहेको कलेजका शिक्षक घनश्याम मलासीले बताए । उनले बिगत सात बर्षदेखि कलेजले नियमित रुपमा रक्तदान गर्दै आइरहेको समेत जानकारी दिए ।

रक्तदान कार्यक्रममा प्रदेशमै सबैभन्दा धेरैपटक रक्तदान गरि रक्तदानको क्षेत्रमा जागरण फैलाउन अहम भुमिका खेलेको भन्दै प्रदेश सरकारका स्वास्थ्य दुत तथा सर्वाधिक रक्तदाता दीपक उपाध्यायलाई कदर पत्रले सम्मान गरिएको शिक्षक मलासीले बताए । उपाध्यायालाई कलेजकी प्राचार्य अनिता पन्तले सम्मान गरेकी थिइन ।

रक्तदान कार्यक्रम अघि रक्तदान किन आवश्यक छ ? यो किन गर्नु पर्छ ? भन्ने बारेमा संचारकर्मि समेत रहेका स्वास्थ्य दुत उपाध्यायले बिधार्थीहरुलाई जानकारी गराएका थिए । एक्सिस युथ रेडक्रस र एक्सिस इको क्लबको समेत आयोजना रहेको रक्तदान कार्यक्रमको प्राबिधिक सहयो रक्त संचार केन्द्र धनगढीले गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार