फोहोरले प्रदूषित बन्दै धनगढीको खुटिया नदी

धनगढी : सरसफाइ अभियान चलेको धनगढी उपमहानगरपालिकामा खुटिया नदी प्रदूषित बन्न थालेको छ। जथाभाबी फोहोर फाल्न निषेध गरिएको पालिकामा नदीमै फोहोर फालिएपछि प्रदूषित हुन थालेको हो।

धनगढी उपमहानगरपालिका–७ बेली बजार क्षेत्रमा नदीमा फोहोर बढेको देखिन्छ। स्थानीयले प्लास्टिकजन्यलगायत अन्य फोहोर नदीमा फाल्ने गरेका छन्। नदीमा जथाभाबी फोहोर फाल्दा जल प्राणीमा असर पर्ने गर्छ।

Galaxy

वडा नम्बर(७ का वडाध्यक्ष मोती रानाले पटेला क्षेत्रमा आर्यघाट रहेकाले त्यहाँको फोहोर बगेर बेली बजार क्षेत्रमा पुगेको बताए। बेली बजारवासीले नदीमा फोहोर नफालेको भन्दै उनले थपे, त्यहाँ फोहोर लिनका लागि ट्याक्टर जाने गरेको छ। जहाँसम्म बजारका बासिन्दाले फोहोर फालेका होइनन्। पटेला क्षेत्रमा रहेको आर्यघाटको फोहोर बगेर यता पुगेको हुनु पर्छ।

बेली बजारमा बजार व्यवस्थापन समिति रहेकाले समितिसँग पनि बुझ्ने कार्य आफूले गर्ने वडाध्यक्ष रानाले बताए। उनले नदीमा भएको फोहोर उठाउन पहल गर्ने उल्लेख गरे। सरसफाइका क्रममा त्यो फोहोर उठाउन म आग्रह गर्छु, रानाले भने।

फोहोरबाट मोहर बनाउने कार्य भइरहेको धनगढीमा जथाभाबी फोहोर फाल्न निषेध गरिएको छ। सडकलगायत सार्वजनिक क्षेत्रमा जथाभाबी फोहोर फालेमा धनगढी उपमहानगरपालिकाले दण्डजरिबाना गर्ने गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार