बैतडीमा शिक्षकहरुले बुझाए शिक्षा प्रमुखलाई २२ बुँदे ध्यानाकर्षण पत्र

बैतडी : बैतडीमा शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नयाँ बन्ने विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने २२ ओटा बुँदा राखेर शुक्रबार ध्यानाकर्षण तथा जानकारी पत्र बुझाएको नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताए । 

नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यक्रम अनुसार महासंघमा आवद्ध शिक्षक संघसंगठनका प्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । उक्त पत्रमा यो भन्दा पहिला महासंघसंग सरकारले गरेका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने उल्लेख गरिएको छ । 

khadya

यस्तै नयाँ विद्यालय शिक्षा ऐनमा शिक्षकहरुकातर्फबाट विभिन्न मागहरु राखिएको भण्डारीले बताए । २२ बुँदे ध्यानाकर्षण पत्रमा शिक्षकहरुको पेशागत हकहितका साथै विद्यालय सुधारका कुराहरु समेत राखिएका भण्डारीले बताए । 

यसैबीच बैतडीमा शिक्षक संघसंगठनहरुले आन्दोलन परिचालन समिति गठन गरेका छन् । शिक्षक महासंघको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन गर्न आन्दोलन परिचालन समिति गठन गरिएको हो । 

नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीको अध्यक्षतामा २२ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको छ । उक्त समितिको सहसंयोजकमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष प्रेमराज भट्ट रहेका छन् । 

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष दिनेश नागरी सचिव रहेको समितिमा विद्यालय कर्मचारी परिषदका धनसिंह ठगुन्ना कोषाध्यक्ष रहेका छन् । समितिमा अन्य सदस्यहरु राखिएको शिक्षक संघ बैतडीका अध्यक्ष भण्डारीले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार