कतारमा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली युवा आचार्यको सडक दुर्घटनामा मृत्यु

काठमाडौं : कतारमा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ ।

गुल्मीको मालिका गाउँपालिका निवासी ४० वर्षीय आचार्य गम्भीर घाइते भएपछि हमाद अस्पतालमा उपचाररत थिए । तर, चिकित्सकको प्रयास बावजुद उनको मृत्यु भएको हो ।

Seti Hospital

नेपाली समुदायमा सक्रिय रहँदै आएका आचार्य गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकारसमेत थिए ।

हाल उनको पार्थिव शरीर कतारको सनैया स्थित हमाद अस्पतालको मर्चरी सेन्टरमा राखिएको छ।  नेपाली समुदायमा सामाजिक कार्यमा समर्पित आचार्यको निधनले कतारस्थित नेपाली समाजलाई स्तब्ध बनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार