जाडो याममा किन माछा खाने ?

काठमाडौँ : माछा प्रायः धेरैलाई मन पर्छ । जाडो याममा विशेषतः माछा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसका धेरै फाइदा छन् । माछामा हाम्रो शरीरलाई आवश्यक कैयौँ प्रकारका पोषक तत्त्व हुन्छन् ।

हाई क्वालिटीको प्रोटिनका साथमा ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व पाइन्छन् । यी तत्त्वले रोग प्रतिरोध क्षमता विकास गर्छ । 

khadya

गर्मी महिनाको तुलनामा जाडोमा हाम्रो शरीरलाई प्रोटिन र ओमेगा–३ आवश्यक परिरहेको हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । हामीलाई त्यति बेला ग्लुकोज बढी चाहिन्छ । कार्बोहाइड्रेड बढी आवश्यक हुन्छ । 

जाडो याममा पसिना कम बग्छ । शरीरलाई शक्ति आवश्यक परिरहेको हुन्छ । यसमा प्रोटिन बढी चाहिन्छ । माछा प्रोटिनको राम्रो स्रोत हुने भएकाले जाडोमा खानु स्वास्थ्यका लागि फलदायी हुन्छ । 

कति खाने ?
सबै माछामा एकै खालको प्रोटिन हुँदैन । सामान्यतः एक सय ग्राम माछामा २५ देखि ३० ग्राम प्रोटिन पाइन्छ । तीनदेखि पाँच ग्राम फ्याट पाइन्छ । सामान्य मान्छे हो भने ०.८ ग्राम प्रतिकेजी माछा खानुपर्छ । यसको मतलब ४० ग्राम प्रोटिन पाउने गरी माछा खानुपर्छ । ४० ग्राम प्रोटिन प्राप्त गर्न लगभग १५० ग्राम माछा खानुपर्छ । 

यी व्यक्तिले खानुहुँदैन माछा 
माछा कतिपयलाई मन पर्दैन । कसैमा स्वास्थ्य समस्या पनि हुन सक्छ । त्यसकारण आफ्नो स्वास्थ्यलाई विचार गर्दै माछाको उपभोग गर्नुपर्छ । कसैलाई गन्ध आउने हुन्छ । कसैलाई स्वास्थ्य समस्या हुन्छ । केहीलाई बान्ता हुन्छ । त्यस्ता व्यक्तिले माछाको उपभोग गर्नुहुँदैन । 

माछा तेलमा तारेर खानुहुँदैन । यसरी उपभोग गर्दा माछाबाट पाइने प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व हानिकारक वस्तुमा परिणत हुन्छन् । त्यसले स्वास्थ्यलाई हानि पुर्‍याउँछन् । सकेसम्म फ्रेस माछा खानुपर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार