प्रकोप व्यवस्थापन सञ्जालको प्रदेश अध्यक्षमा ढुङ्गाना सर्वसम्मत निर्वाचित

धनगढी : सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कैलालीका भोजराज ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका छन् ।

धनगढीमा भएको सञ्जालको प्रदेश स्तरीय अधिवेसनले उनको नेतृत्वमा १५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा बसन्ती सुनार, सचिवमा दीपकराज जोशी, सहसचिवमा यशोदा मल्ल र कोषाध्यक्षमा कृष्णा चौधरी चयन भएका छन् ।

khadya

यस्तै, सदस्यमा महावीर चौधरी, सुनिता राना, मनीषा चौधरी, उषा महर, सम्झना थापा, चेतना जोशी, राधा धामी, पुष्पा भण्डारी र खुशीराम राना चयन भएका जनाइएको छ । सञ्जालको दुई दिनसम्म धनगढीमा चलेको अधिवेसनले हिजो बेलुका सर्वसम्मतले कार्य समिति चयन गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार