काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकाको कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले अमेरिकालाई अल्छीहरूको देश भन्दै टिप्पणी गरेका छन् ।
अमेरिका बनाउनलाई अरु देशको जनशक्ति आवश्यक रहेको उनले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै उनले ईडीभीप्रति आफ्नो धारणा राखेका हुन् । सोही क्रममा उनले त्यहाँका नागरिकलाई अल्छी भएको आरोप लगाएका हुन् ।
नेपाल अमेरिकाभन्दा राम्रो रहेको महसुस गराइदिएको भन्दै बालेनले अमेरिकन नागरिकलाई अल्छी भनेका छन् । त्यसैले उनीहरूको देश बनाउन अरु देशको जनशक्ति आवश्यक रहेको बालेनले टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दनुहोस्