गोदावरी-८ स्याउले बजारमा क्रिकेट लिग प्रतियोगिता आयोजना हुने

कैलाली : कैलालीको गोदावरी नगरपालिका– ८ स्याउले बजारमा क्रिकेट लिग प्रतियोगिता आयोजना हुने भएको छ । यही चैत ३० गतेदेखी स्याउले बजारमा रहेको संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलले ‘टिम–११ संस्कार क्रिकेट लिग’ आयोजना गर्न लागेको हो ।

प्रतियोगितालाई टिम–११ काठमाण्डौले प्रायोजन गर्ने भएको छ । लगातार ८ वर्षसम्म धनगढीमा लिटल फ्लावर प्रिमियर लिग सफलतापुर्वक सम्पन्न गरेपश्चात अब स्याउले बजारमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक रामचन्द्र शाहीले जानकारी दिए ।

khadya

उनले स्याउले बजारलाई खेलको माध्यमबाट विश्वभर चिनाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए । १० दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १११ रुपैया र उपविजेताले नगद रु. ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने शाहीले बताए ।

यसैगरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. ५ हजार ५५५ तथा उत्कृष्ट बलर, ब्याटर र उदयमान खेलाडीलाई नगद रु. ३ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिईने उनले बताए । प्रतियोगितामा सम्पुर्ण खेलका प्लेयर अफ द म्याचलाई नगद रु. १ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिईने भएको छ ।

तर फाईनल खेलको प्लेयर अफ द म्याचलाई नगद रु. २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताईएको छ । प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढीरहेको बताउदै शाहीले प्रतियोगिता सम्पन्न गर्न कुल १५ लाख खर्च हुने अनुमान रहेको बताए । कुल १२ टिम सहभागी हुने प्रतियोगिताको दर्ता शुल्क रु. १२ हजार कायम गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार