कैलाली : कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्लाका धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराह, माछापोखरी, वडा नं. ८ मा धनगढीगाउँ, गोदावरी नगरपालिका– ४ हनुमान मन्दिर नजिक र भजनी नगरपालिका– ८ खैराबाट प्रहरीले अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।
अन्दाजी १ लाख ३५ हजार ४५० रुपैया बराबरका बिडी, सुर्ती, चक्लेट, मुगफली, धाराको टुटी, मिठाई, पेय पदार्थ लगायका भन्सार छलीका अवैध सामानहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्