‘कल्ली’ को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

काठमाडौं : भोलिबाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि अभिनेता उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे ।

फिल्ममा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको भोलिबाट काठमाडौंमा छायांकन सुरु हुनेछ ।

Seti Hospital

फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । हिमाल कडरीया र अमला देबी राई फिल्मका निर्माता हुन् । महेश दवाडीको लेखन रहेको यो फिलममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

निसाल पौडेलको छायांकन रहने यो फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली फिल्ममा फर्किन लागेका हुन् । यो बिचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार