बैतडीमा फागुन ११ देखी निशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने

बैतडी : बैतडीमा निशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ। शिविर यही फागुन ११ गतेदेखी सञ्चालन हुने छ। जिल्लाका सबै स्थानिय तहहरुमा फागुन २७ गतेसम्म शिविर सञ्चालन हुन लागेको हो।

सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालयले जिल्लाभरी शिविरको आयोजना गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले जानकारी दिए। सबै स्थानिय तहहरुका विभिन्न स्वास्थ्यचौकीहरुमा शिविर सञ्चालन हुने उनले बताए।

Galaxy

उनले सन्तानको रहर पुगिसकेका दम्पतीहरुका लागि स्थायी बन्ध्याकरण र लामो समयसम्म काम गर्ने अस्थायी परिवार नियोजनका साधनहरु निशुल्क रुपमा राख्ने कार्यका लागि शिविरको आयोजना गरिन लागिएको बताए।

शिविरमा महिलाहरुको स्थायी बन्ध्याकरण मिनिल्याप र पुरुषहरुको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिने बताईएको छ। त्यस्तै शिविरमा ५ बर्षका लागि इम्प्लान्ट र १० बर्षका लागि आइयुसीडी समेत राखिने जनाईएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार