डडेल्धुराको अजयमेरुमा एकीकृत बस्ती पुग्ने शाखा सडक कालोपत्रे हुँदै

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा शाखा सडक कालोपत्र हुँदैछ । गाउँपालिको वडा नम्बर २ मा पर्ने रोल्ली, जिजोडा, हाट समेटेर बन्ने एकीकृत बस्ती हुँदै अजयमेरुकोट जोड्ने सडक कालोपत्रे भइरहेको हो ।

उग्रतारा-मेलौली सडक खण्डको चमडा बजारदेखी १ किलोमिटर अगाडीबाट शाखा सडक कालोपत्रे गर्ने काम तिब्र गतीमा भइरहेको छ । एकीकृत बस्ती विकास गर्ने उद्देश्यले पहिलो चरणमा दुई किलोमिटर सडक कालोपत्रे भइरहेको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट(विकास)ले बताए ।

khadya

गाउँपालिकाले रोल्ली, जिजोडा र हाटलाई समेटेर एकीकृत बस्ती विकास गर्न संघ सरकारलाई बजेट माग गरेको थियो त्यही अनुसार अहिले सडक निमार्ण भइरहेको गाउँपालिका अध्यक्ष भट्टले बताए ।

आधारभुत समुदायसहितको बस्ती विकास अन्र्तगत भित्र सडक दुई किलोमिटर कालोपत्रे भएपछि गाउँ बस्तीमा यसै बर्ष पुग्ने गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष शिवराज भट्टले बताए ।

उनले भने, ‘हाम्रा बस्ती जोड्न पहिलो पटक भित्र सडक कालोपत्रे हुँदैछ, त्यसपछि एकीकृत बस्तीको अरु विकास पनि अगाडी बढ्ने छ ।’ संघिय योजना कार्यान्वय एकाई धनगढी कैलालीसंग शिशिर एण्ड बसन्त, भुमिराज र प्रमोद जेभीले २ करोड २४ लाख ९५ हजारमा निमार्ण गर्ने सम्झौता भएको निमार्ण व्यवसायी दिपेन्द्र चन्दले बताए ।

जेठ मसान्तमा सम्पन्न गर्ने गरी काम भइरहेको निमार्ण व्यवसायी चन्दको भनाई छ । करिब ४० प्रतिशत काम भइसकेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार