साँफेबगर नगरपालिकाका हाकिमलाई कार्यपालिकाले ३ दिने स्पष्टिकरण सोध्ने

अछाम : अछामको साँफेबगर नगरपालिकाका हाकिमलाई स्पष्टिकरण सोध्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । फागुन ८ गते बसेको कार्यपालिका बैठकले निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्मालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

माघ १८ गते देखि कार्यालयमा कुनै जानकारी नदिई सम्पर्क बिहिन भएकोले कार्यपालिका बैठकले ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले बताए । जानकारी नदिई कार्यालयमा अनुपस्थित भएका शर्मालाई के कती कारणले अनुपस्थित भएको हो भन्ने विषयमा स्पष्टिकरण सोधिएको नगर प्रमुख कुँवरले बताए ।

Seti Hospital

शर्मा पछिल्लो साढे दुई वर्षको अवधिमा पटक– पटक महिनौसम्म बिना जानकारी कार्यालयमा अनुपस्थित हुने गरेको व्यापक जनगुनासो बढेपछि स्पष्टीकरण सोध्ने निर्णय भएको कुँवरको भनाई छ । लेखा अधिकृत शर्मा करिब ५ बर्षदेखि साँफेबगर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार