आज विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस विविध कार्यक्रम गरी मनाइँदै !

काठमाडौँ : आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस विविध कार्यक्रम गरी मनाइँदै छ। यो दिवसको मुख्य उद्देश्य भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावादलाई प्रवर्द्धन गर्नु हो।

सन् १९९९ मा बङ्गलादेशको प्रस्तावअनुसार युनेस्कोले यो दिवस अनुमोदन गरेपछि मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्घले सन् २००२ मा औपचारिक घोषणा गरेको थियो।

यस वर्ष पेरिसस्थित युनेस्कोको कार्यालयमा ‘प्राविधिक संवाद, छलफल सत्र र सांस्कृतिक प्रदर्शन’ गरी २५औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैछ, जसमा गुणस्तरीय शिक्षा, समावेशी समाज र सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार