काठमाडौँ : साढे ११ किलो चरेससहित एक महिला पक्राउ परेकी छन्। जर्किनभित्र लुकाएर पर्सा पुयाइएको ११ किलो ४ सय ग्राम चरेससहित बारा प्रसौनी गाउँपालिका–२ बुनियादकी ३० वर्षीया आरती यादव पक्राउ परेकी हुन्।
वीरगन्ज महानगरपालिका–१६ बसपार्कमा कोठा भाडामा लिएर बस्दै आएकी उनलाई बुधवार राति ८ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
वीरगन्ज महानगरपालिका–१६ कै शंकराचार्य गेटमा चेकजाँचका क्रममा यादवलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले बताए।
‘नेपालबाट भारत र भारतबाट नेपाल आउने पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा यादव पक्राउ परेकी हुन। यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान थालिएको छ
प्रतिक्रिया दनुहोस्