धनगढी : कैलालीको रानीजमरा कुलरिया सिंचाई आयोजनाको नहरमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । बुधबार लम्कीचुहा नगरपालिका–३ को बलचौरमा सोही ठाउँ बस्ने रामप्रसाद चौधरीको २५ वर्षीया श्रीमती अनिताले नहरमा हाम फालेकी थिइन् ।
चौधरीले हाम फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले उनी नहरमा बेपत्ता छिन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए ।
प्रतिक्रिया दनुहोस्